यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै - Chaitanya News
  • 2026-05-09
  • 23:15:13
  • शनिबार,बैशाख २६, २०८३
  • यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै

    यू–१९ एसिया छनोट : आज नेपाल र मलेसिया खेल्दै

    काठमाडौं-  यूएईमा जारी रहेको आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा मंगलबार नेपालले मलेसियासँग खेल्दै छ ।

    खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे सुरू हुनेछ ।नेपाल लगातार चौथो जित निकाल्न चाहन्छ भने मलेसिया चौथो खेलमा दोस्रो जितको खोजीमा रहेको छ ।

    नेपालले पहिलो खेलमा सिंगापुरलाई, दोस्रो खेलमा कुवेतलाई र तेस्रो खेलमा हङकङलाई पराजित गरेको थियो ।

    नेपाल ३ खेलमा ६ अंकका साथ नेट रन रेटका साथ दोस्रो स्थानमा छ । युएई ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ ।

    प्रतियोगिता राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ ।