छात्रवृत्तिमा पढ्न बूढानीलकण्ठ स्कुलद्वारा आवेदन आह्वान - Chaitanya News
  • 2026-05-09
  • 23:14:51
  • शनिबार,बैशाख २६, २०८३
  • छात्रवृत्तिमा पढ्न बूढानीलकण्ठ स्कुलद्वारा आवेदन आह्वान

    छात्रवृत्तिमा पढ्न बूढानीलकण्ठ स्कुलद्वारा आवेदन आह्वान

    काठमाडौं- बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि आवदेन आह्वान गरेको छ। बूढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गतको छात्रवृत्ति परीक्षा सम्बन्धी सूचना जारी गर्दै बूढानीलकण्ठ स्कुलले छात्रवृत्तिका लागि आवदेन दिन भनेको हो।

    कक्षा ५ देखि आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालवालिकाहरू मध्येबाट छात्रवृत्तिमा छनोट गरिने स्कुलले जनाएको छ।

    ‘छनोटका आधार वि.सं. २०६९/०१/०१ गतेदेखि ०७०/१२/३० गतेसम्म जन्म भई कम्तीमा कक्षा ३ र कक्षा ४ मा सामुदायिक विद्यालयमा नियमित रूपमा अध्ययन गरी शैक्षिक सत्र २०७९ मा कक्षा ४ अध्ययन पूरा गरेको हुनुपर्नेछ,’ प्रकाशित सूचनामा उल्लेख छ, ‘छात्रछात्रामध्ये विभिन्न भौगोलिक क्षेत्र तथा लक्षित समुदाय समेतको प्रतिनिधित्व हुनेगरी लिखित प्रतियोगितात्मक परीक्षाको नतिजाको योग्यता क्रमका आधारमा अन्तर्वार्ताबाट विद्यार्थी छनोट गरिनेछ।’

    फाराम ०७९ चैत २७ गते सोमबारसम्म बुझाउन सकिनेछ। दरखास्त फाराम तोकिए बमोजिम सिफारिस तथा प्रमाणित गराई आवश्यक कागजातसहित आफ्नो जिल्लालाई तोकिएका परीक्षा केन्द्रमा बुझाउनुपर्नेछ। लिखित परीक्षा ०७९ चैत २० गते हुने सूचनामा उल्लेख छ।