डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते - Chaitanya News
  • 2026-10-29
  • 08:40:06
  • बिहिबार,कार्तिक १३, २०८३
  • डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

    डडेल्धुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते

    डडेल्धुरा– डडेल्धुराको परशुराम नगरपालिकामा जीप दुर्घटना हँुदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ। कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदै गरेको म १ ज २३८ नम्बरको जीप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका–२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको हो।

    चालक सहित ११ जना घाईते भएका छन। ग्रामिण कच्चि सडकको परशुराम नगरपालिका–३ मट्यौलामा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताए।

    उनका अनुसार जीप सडकमै पल्टिएको थियो। जीपमा चालक सहित ११ जना यात्रु सवार थिए। जीप पछाडी गर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाई छ। दुर्घटना स्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दुरीमा पर्दछ। लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ। ईलाका प्रहरी कार्यालयबाट उद्दारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताए। घटनाको विस्तृत जानकारी आउन बाँकी छ।