सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति - Chaitanya News
  • 2026-06-25
  • 04:30:17
  • बुधबार,आषाढ १०, २०८३
  • सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

    सर्वोच्चले दियो सन्दीपलाई विदेश जान अनुमति

    काठमाडौँ — सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको निर्णय सदर गरेको छ। उनलाई सर्वोच्चले विदेश जानका लागि अनुमति दिएको छ। उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा निवेदन दिएको थियो। त्यस्तै विदेश जान पाउने गरी लामिछानेले पनि सर्वोच्चमा निवेदन दिएका थिए।

    दुवै निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीशहरु सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई विदेश जान पाउने अनुमति दिएको हो।