राष्ट्रपतिमा रामचन्द्रको विजय निश्चित : माधव नेपाल - Chaitanya News
  • 2026-05-09
  • 23:14:49
  • शनिबार,बैशाख २६, २०८३
  • राष्ट्रपतिमा रामचन्द्रको विजय निश्चित : माधव नेपाल

    राष्ट्रपतिमा रामचन्द्रको विजय निश्चित : माधव नेपाल

    सुर्खेत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्।

    पार्टी प्रशिक्षणको लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले यहाँ पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिले नै बनेको गठबन्धन पुनः ब्यूँतिएको बताए।

    पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष नेपालको भनाइ थियो। उनले आफूहरुसँग नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वार्ता र संवादको कुरा अगाडि सारेपछि नेकपालाई ब्युँताउने प्रयास गरिएको तर त्यो अगाडि बढ्न नसकेको बताए।

    आफ्नो पार्टीलाई ‘मिनिमाइज’ गरेर देश चलाउन सम्भव नभएको उनको भनाइ थियो। उनले भने, “२०४६ सालमा हामीले आँट गर्यौ पञ्चायतलाई ढाल्यौँ, माओवादी सशस्त्र द्वन्द्वमा हामीले हात हाल्यौँ शान्ति प्रक्रियामा लिएर आयौँ, हामीले आँट गर्यौं २०६२–६३ को आन्दोलनबाट राजतन्त्र फालिदिँयौँ। त्यसैले हामी बिना यो देश चलाउँछु कसैले भन्छ भने त्यो दिवा सपना हुन्छ।”