इलाम– इलाम उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण पौडेल विजयी भएका छन्। १६ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशनबाट निवर्तमान अध्यक्ष ईश्वर चिपालुलाई पराजित गर्दै पौडेल विजयी भएका हुन्।
पौडेलले तीन सय ६४ मत प्राप्त गरे भने चिपालुले दुई सय आठ मत प्राप्त गरे।
यसैगरी वरिष्ठ उपाध्यक्ष पदमा दिपेश श्रेष्ठ निर्वाचित भए उद्योग उपाध्यक्ष तर्फ श्री विष्ट, वाणिज्य उपाध्यक्षमा बालबुमार श्रेष्ठ विजयी भए।
महिला उपाध्यक्षमा दिब्य भट्टराई, सचिवमा सुमन दास निर्वाचित हुँदा महासचिव पदमा हेमन्त गौतम र कोषाध्यक्षमा पदमा सन्तोष भक्तराज विजयी भएङ्को निर्वाचन समितिले जनाएको छ।
त्यस्तै खुला सदस्य पदमा धर्मेन्द्र सुवेदी, हिमाल बस्नेत, नितेश खत्री, दिपेश खत्री र दिनेश महत चयन भएका छन्।