विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पीएनजीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य - Chaitanya News
  • 2026-09-20
  • 06:44:27
  • आइतबार,आश्विन ०४, २०८३
  • विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पीएनजीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

    विश्व कप क्रिकेट लिग–२ अन्तर्गत पीएनजीले दियो नेपाललाई २ सय ४ रनको लक्ष्य

    काठमाडौं– आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पीएनजीले नेपाललाई २ सय ४ रनको लक्ष्य दिएको छ।

    दुबईमा टस हारेर ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायो। उसका आसाद भाला र चाद सोपरले समान ३६ रन बनाए। बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए। यस्तै सोमपाल कामी, करण केसी र प्रतिस जिसीले १–१ विकेट लिए।