काठमाडौं– नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीबीच भेटवार्ता भएको छ।
सोमबार अध्यक्ष केसी नेता खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका हुन्। दुई नेताबीच पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको नेता खनालको सचिवालयले जनाएको छ।
फागुन २५ मा हुने राष्ट्रपतिको निर्वाचनमा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सघाउने निर्णय गरिसकेका छन्।