खानेपानीलाइ राजनीति राजनीतिक अखडा नबनाउन कर्मचारीलाई मन्त्री खानको निर्देशन - Chaitanya News
  • 2026-10-29
  • 07:50:14
  • बिहिबार,कार्तिक १३, २०८३
  • खानेपानीलाइ राजनीति राजनीतिक अखडा नबनाउन कर्मचारीलाई मन्त्री खानको निर्देशन

    खानेपानीलाइ राजनीति राजनीतिक अखडा नबनाउन कर्मचारीलाई मन्त्री खानको निर्देशन

    काठमाडौँ– खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन्।

    सोमबार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन्।

    मन्त्री खानले खानेपानी संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए। उनले खानेपानी संस्थान आम सर्वसाधारणहरूलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने बताए।

    उनले खानेपानी संस्थानमा बसेर पार्टी र व्यक्तिको लागि राजनीति आफ्नो कार्यकालमा नगर्न चेतावनी दिए। उनले पार्टीमा राजनीति गर्न मन लागेको भए फिल्डमै गएर राजनीति गर्न र अरू पार्टीले स्थान नदिए आफ्नो पार्टीमा राम्रो स्थान दिने बताए।

    उनले कर्मचारीहरूले खानेपानीको सुधार र खानेपानी आम सर्वसाधारणको घरमा पु¥याउनका लागि आन्दोलन गर्नुपर्ने बताए। उनले खानेपानीका लागि बजेट छुट्ट्याए र प्राथमिकतामा नराखे आफैँ त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्ने बताए।

    उनले काभ्रेपलाञ्चोकको पनौतीस्थित खानेपानी संस्थानलाई निजीकरण गर्नेकुरा खानेपानी संस्थानले गरेको भन्दै निजीकरण किन गर्नुपर्ने भन्ने कारणसहित प्रतिवेदन सात दिन भित्रमा पेस गर्न खानेपानी संस्थानलाई निर्देशन दिए।

    मन्त्री खानले खानेपानी संस्थानलाई निजीकरण गर्ने हो भने खानेपानी संस्थानमा रहेका कर्मचारी र सरकारको आवश्यक के हो भन्दै प्रश्न गरे।