काठमाडाैँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक सोमबार बिहान पार्टी कार्यालय बसुन्धारामा ११ बजे बस्नेगरी बाेलाइएको हो।
उक्त बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफलको तयारी रहेको एक नेताले जानकारी दिएका छन्।
यस्तै, सो बैठकमा बदलिँदो राजनीतिक समीकरण र चितवन- २ को उपनिर्वाचनबारे छलफल हुने ती नेताले जानकारी दिएका हुन्।
गत माघ २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारलाई दिएकाे समर्थन भने यथावत् नै कायम राखेको छ।