मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त - Chaitanya News
  • 2026-05-19
  • 21:46:12
  • मंगलबार,जेठ ०५, २०८३
  • मन्त्रीहरूले राजीनामा दिएसँगै प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

    मन्त्रीहरूले राजीनामा दिएसँगै  प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

    काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त हुन पुगेका छन् ।

    प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री प्रचण्डले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् ।

    यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

    बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखि रिक्त छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिएसँगै गृह, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

    आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिए पछि ऊर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।