प्रधानमन्त्रीको कतार भ्रमण रद्द, कारण यस्तो छ - Chaitanya News
  • 2026-05-19
  • 21:46:10
  • मंगलबार,जेठ ०५, २०८३
  • प्रधानमन्त्रीको कतार भ्रमण रद्द, कारण यस्तो छ

    प्रधानमन्त्रीको कतार भ्रमण रद्द, कारण  यस्तो छ

    काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कतार भ्रमण रद्द भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति चुनावको तयारीलगायत कारणले प्रधानमन्त्रीको कतार जाने कार्यक्रम स्थगित गरिएको उनका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड अतिकम विकसित देशहरुको सम्मेलनमा भाग लिन आउँदो शुक्रवार कतार जाने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण समेत रोकेका छन् । परराष्ट्रमन्त्री पौड्याल मानवअधिकार परिषद्को ५०औं सत्रमा भाग लिन हिजो जेनेभा जाने कार्यक्रम थियो ।

    राष्ट्रपति चुनावका कारण बदलिएको सत्ता समीकरणका कारण प्रधानमन्त्रीले परराष्ट्रमन्त्रीको भ्रमण रोक्न निर्देशन दिएको हुनसक्ने बुझिएको छ । पौड्याल एमालेबाट परराष्ट्रमन्त्री बनेकी हुन् । राष्ट्रपतिको चुनावलाई लिएर एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटे पनि एमाले सरकारबाट बाहिरिएको छैन । राप्रपाले भने शनिवार नै सरकार छाडिसकेको छ ।