काठमाडौंमा सिमसिम वर्षा [तस्बिरहरू] - Chaitanya News
  • 2026-06-25
  • 04:32:15
  • बुधबार,आषाढ १०, २०८३
  • काठमाडौंमा सिमसिम वर्षा [तस्बिरहरू]

    काठमाडौंमा सिमसिम वर्षा [तस्बिरहरू]

    काठमाडौं- आइतबार काठमाडौं उपत्यकामा वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार चटयाङ र मेघगर्जनसहित यसपालिको पहिलो हिउँदे वर्षा भएको हो।

    काठमाडौंसँगै अहिले कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ महाशाखाले जनाएको छ। यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भूभागका एक र दुई स्थानमा हल्का हिमपात भइरहेको छ।

    महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।