मौसममा परिवर्तन आउँदा हवाई उडानहरु प्रभावित - Chaitanya News
  • 2026-10-29
  • 07:50:12
  • बिहिबार,कार्तिक १३, २०८३
  • मौसममा परिवर्तन आउँदा हवाई उडानहरु प्रभावित

    मौसममा परिवर्तन आउँदा हवाई उडानहरु प्रभावित

    काठमाडौं– आइतबार दिउँसोदेखि अचानक काठमाडौंको मौसममा परिवर्तन भएपछि हवाई उडानहरु समेत प्रभावित भएका छन्।

    बिजुली चम्किएर हावाहुरीसहित पानी पर्दा काठमाडौंको आकाशमा विमानहरुलाई उडान र अवतरण गर्न समस्या परेको हो।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ड्यूटी अफिसरका अनुसार अहिले करिव आधा दर्जन भन्दा बढी विमानहरु होल्डमा छन्। ती मध्ये भारतको नयाँ दिल्लीबाट काठमाडौं आइरहेको बिस्तारासहितका विमानहरु काठमाडौं विमानस्थालमा आएर ओभरसूट समेत गरका छन्।

    बिजुली चम्किँदै पानी परेपछि अहिले काठमाडौंका विभिन्न स्थानमा बिजुली पनि काटिएको छ। अचानक परेको पानीले पैदल र मोटरसाइकलमा सवार यात्रीहरुलाई समेत गन्तब्यमा पुग्न समस्या भैरहेको छ। कतिपय स्थानमा ट्राफिक जाम हुन थालेको पाइएको छ।