काठमाडौं– नेकपा एमालेसहितको राष्ट्रिय सरकार बन्नुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले बताएका छन्।
धनुषामा प्रदेशस्तरीय पार्टीको प्रशिक्षण कार्यक्रमका लागि पुगेका उनले सञ्चारकर्मीसँग सरकार पुनर्गठनबारे छलफल नभएको बताए। एमालेलाई किन सरकारबाट किन निकाल्ने? उनले प्रश्न गरे।
अध्यक्ष नेपालले आठ दलीय गठबन्धनबाट राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी हुने दाबी गरे।
राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवारको प्रस्ताव भएकाले त्यसबाट पछि हट्न आफूहरूलाई नैतिकताले नदिने उनले बताए।
राष्ट्रपतिको अवसर पाएर तपाईंले ठूलो अवसर गुमाउनुभयो भन्दैछन् एमाले नेताहरू भन्ने प्रश्नमा नेपालले भने, ‘मैले नेपाली कांग्रेस र माओवादीलाई धोखा दिएको भए र सबै खालको जोखिम मोलेको भए पक्कै पनि हुन सक्थ्यो।
आफूले कांग्रेस र माओवादीलाई धोखा दिनु र राष्ट्रपति पदको निम्ति मरिहत्ते गर्ने काम गर्नु उचित नठानेको पनि उनले बताए।