प्रचण्डले धोका दिएको ओलीको आरोप - Chaitanya News
  • 2026-07-05
  • 01:51:54
  • शनिबार,आषाढ २०, २०८३
  • प्रचण्डले धोका दिएको ओलीको आरोप

    प्रचण्डले धोका दिएको ओलीको आरोप

    काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डले धोका दिएको आरोप लगाएका छन्।

    काठमाडौंमा भएको कार्यक्रममा ओलीले देश, जनता र सहयोद्धालाई धोका दिएका प्रचण्डले यसपटक आफूलाई पनि धोका दिएको बताए।

    जनतालाई धोका दिनुभयो, सहयोद्धालाई धोका दिनुभयो, आफूलाई त्यस ठाउँमा पुर्‍याउनेलाई धोका दिनुभयो भने मलाई धोका दिनु कुन ठूलो कुरा भयो र?ओलीले भने।

    प्रचण्डले ढाँट्न र छकाउन अप्ठ्यारो नमान्ने गरेको पनि ओलीले बताए।

    उहाँ बोल्नुहुन्छ भाषा बेग्लै, गर्नुहुन्छ काम अर्को’ ओलीले भने, ‘हेर्नु देब्रेपट्टि हुन्छ, निशाना दाहिने पट्टि हुन्छ।’

    ‘अस्तिका दिनसम्म पनि मसँग छकाउने भाषा बोल्नुभयो, उहाँले हातमा चक्कु लिएर बस्नुभएको थियो, मसँग यो फूल हो, तपाईँले चक्कु देख्नुभयो होला, यो फूल हो भन्नुभयो,’ ओलीले भने, ‘मैले चक्कु देखेर पनि तपाईंले भनेपछि फूल नै हो भनेर बसेँ।’

    लोकतान्त्रिक सरकार बनाउ र जनताका समस्या समाधान गर्ने गरी अघि बढ्न प्रयास गरेको तर प्रचण्डकै कारण त्यो प्रयास असफल भएको ओलीले बताए।