कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखियो : मन्त्री राई - Chaitanya News
  • 2026-05-19
  • 21:06:52
  • मंगलबार,जेठ ०५, २०८३
  • कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखियो : मन्त्री राई

    कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखियो : मन्त्री राई

    काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले कानुनको विधि र सीमामा नरही काम गरेकै कारण सहकारी क्षेत्रमा समस्या देखिएको बताएका छन्।

    आइतबार काठमाडौंमा आयोजित सहकारीमा संकट स् कारण र समाधान विषयक अन्तक्रिया कार्यक्रममा मन्त्री राईले सबैले विधिमा रहेर सीमामा रहेर र कानुनलाई अवज्ञा नगरी काम गर्नुपर्नेमा त्यसो नभएकाले सहकारीमा समस्या देखिएको बताएका हुन्।

    उनले सरकारीले गाउँ गाँउमा धेरै राम्रो काम गरेपनि सहकारीको नकारात्मक हल्लाले समस्या देखिएको धारणा राखे। सहकारीमा देखिएका समस्याहरू समयमा नै समाधान गरी यसलाई सहज रूपले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ।

    मन्त्री राईले सहकारीका विषयमा देखिएका समस्याहरू समाधानका उपायका बारेमा जानकारी गराउन आग्रह गर्दै अध्ययन गरी उचित समाधानको बाटो खोजिने बताए।