काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभा सांसद सहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।
आइतबार बसेको राष्ट्रियसभा बैठकले जनता समाजवादी पार्टीबाट सांसद रहेकी रहमानको निधनप्रति गहिरो दुख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।
बैठकले स्वर्गीय सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ।
२०१६ सालमा जन्मिएकी प्रतिनिधिसभा सदस्य सहनाज रहमानको शनिबार हृदयघातका कारण निधन भएको थियो। झापाको भद्रपुर निवासी स्वर्गीय सांसद रहमानलाई जसपाले समानुपातिक पद्धतिबाट सांसद बनाएको थियो।