रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेण्डा - Chaitanya News
  • 2026-05-19
  • 20:50:37
  • मंगलबार,जेठ ०५, २०८३
  • रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेण्डा

    रास्वपाले बोलायो केन्द्रीय कमिटी बैठक, यस्ता छन् छलफलका एजेण्डा

    काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए ।

    उनका अनुसार बैठकमा फेरिएको राजनीति समीकरण, राष्ट्रपति निर्वाचन र चितवन–२ को उपनिर्वाचनबारे छलफल हुनेछ । पुस १० मा बनेको सात दलीय सत्ता गठबन्धन भत्किएर राष्ट्रपति निर्वाचनमा ८ दलीय गठबन्धन बनेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकार बन्दा रास्वपाले समर्थन गरेको थियो ।

    फागुन २२ गते सरकारबाट बाहिरिएको रास्वपाले सरकारबाट समर्थन फिर्ता भने लिएको छैन । रास्वपा कांग्रेस र एमाले दुवैका उम्मेदवारको प्रस्तावक वा समर्थक बसेको छैन ।

    केन्द्रीय समिति बैठकबाट रास्वपा यसबारे स्पष्ट नीति तय गर्ने छ । यस्तै भोलिकोे बैठकमा चितवन– २ मा वैशाख १० गते हुने उपनिर्वाचनको तयारीबारे पनि छलफल हुने बताएको छ ।