पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै, के आउला फैसला ? - Chaitanya News
  • 2026-05-09
  • 22:01:17
  • शनिबार,बैशाख २६, २०८३
  • पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै, के आउला फैसला ?

    पल शाहको मुद्दामा आज सुनुवाइ हुँदै,  के आउला  फैसला  ?

    काठमाडौँ –  अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज (आइतबार) सुनुवाइ हुँदैछ ।

    नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् । उता सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् । आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको छ ।

    पलका अधिवक्ता कमलामोहन वाग्लेले आफूहरू पेसी सार्ने पक्षमा नरहेको बताएका छन् । पल शाह अहिले तनहुँ जिल्ला कारागारमा छन् । तनहुँ जिल्ला अदालतले भने पललाई सफाइ दिइसकेको छ । २०७८ फागुन ११ गते उनीविरुद्ध जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए ।