जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ - Chaitanya News
  • 2026-05-09
  • 22:01:45
  • शनिबार,बैशाख २६, २०८३
  • जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

    जबरजस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ

    काठमाडौं –  जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले रोल्पा र झापामा दुईजनालाई पक्राउ गरेको छ ।

    रोल्पामा ५२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनछहरी गाउँपालिका–७, जेलबाङ बस्ने ४० वर्षीय धनीमान रोकालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

    रोकाले ती महिलालाई गत माघ २८ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी जेल्वाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    त्यस्तै, झापामा २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा गौरादह नगरपालिका–५ बस्ने ३६ वर्षीय चन्द्रबहादुर चेम्जोङलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।