फागुन २५ सम्म सरकारबाट एमाले नबाहिरिने - Chaitanya News
  • 2026-05-09
  • 22:00:52
  • शनिबार,बैशाख २६, २०८३
  • फागुन २५ सम्म सरकारबाट एमाले नबाहिरिने

    फागुन २५ सम्म सरकारबाट एमाले नबाहिरिने

    काठमाडौँ -नेकपा एमालेले फागुन २५ सम्म सरकारलाई दिएको समर्थन यथावत राख्ने निर्णय गरेको छ ।

    शनिबार बसेको पार्टी सचिवालय बैठकले फागुन २५ गतेसम्म सरकारबाट नबाहिरिने र सरकारलाई दिएको समर्थन पनि कायम रहने निर्णय भएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

    उनले भने, ‘२५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय गरेका छौँ ।’

    अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभई राष्ट्रपतिको मात्रै विषय भएकाले पार्टीले २५ गतेसम्म पर्खने निर्णय गरेको उनको भनाई छ । ।