सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु - Chaitanya News
  • 2026-10-29
  • 06:57:38
  • बिहिबार,कार्तिक १३, २०८३
  • सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

    सवारी दुर्घटना हुँदा भारतीय नागरिकको मृत्यु

    वीरगञ्ज– पर्सामा सवारी दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ। भारत बिहारको बेतिया जिल्ला पश्चिम चम्पारण बस्ने २२ वर्षीय कैयफली चुरिहारको मृत्यु भएको हो।

    शुक्रबार दिउँसो २ बजे पोखरिया न.पा. ३ बसन्तपुरमा भिष्वाबाट पोखरिया तर्फ जाँदै गरेको ना १५ प ५०३६ नं. को मोटरसाईकललाई BR 22N3796 नम्बरको मोटरसाईकलले नै पछाडिबाट ठक्कर दिएको थियो।

    त्यसक्रममा BR22N 3796 नम्बरको मोटरसाईकलका चालक कैयफली गम्भीर घाईते भएका थिए। ईलाका प्रहरी कार्यालय पोखरियबाट प्र.नि.आयुष जोशीको नेतृत्वमा खटिएको प्रहरी टोलीले तत्कालै घाईतेलाई उपचारको लागि पोखरिया अस्पतालमा लगेको थियो।

    पोखरिया अस्पतालमा उपचारको क्रममा उनको २–४५ बजे मृत्यु भएको अस्पताललाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए।

    घटनास्थल तथा लास जाँच प्रकृति मुचुल्का लगायतका कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।