न्यायाधीश खतिवडा भन्छन् : सन्दीपको करियर उचाइमा पुगोस्, तर प्रक्रियालाई छाड्न मिल्दैन - Chaitanya News
  • 2026-10-29
  • 06:57:43
  • बिहिबार,कार्तिक १३, २०८३
  • न्यायाधीश खतिवडा भन्छन् : सन्दीपको करियर उचाइमा पुगोस्, तर प्रक्रियालाई छाड्न मिल्दैन

    न्यायाधीश खतिवडा भन्छन् : सन्दीपको करियर उचाइमा पुगोस्, तर प्रक्रियालाई छाड्न मिल्दैन

    काठमाडौँ– आफूलाई देश बाहिर जान रोक लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वाच्च अदालतमा सन्दीप लामिछानेले दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ।

    नाबालिग बलात्कार आरोपमा पुर्पक्षका लागि जेल चलान गर्ने काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्ने दिएको आदेशसँग देश बाहिर जान नपाउने सर्त राखेको थियो।

    उक्त सर्त खारेज गर्नुपर्ने जिकीरसहित आईसीसी क्रिकेट विश्वकप लिग–२ खेल्न दुबई जान पाउनुपर्ने माग गर्दै सन्दीपको तर्फबाट बिहीबार सर्वोच्चमा निवेदन दायर गरिएको थियो।

    उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा सुनुवाइ भएको हो। सुनुवाइ सकिएकाले केही समयपद्धि आदेश आउने बताइएको छ।

    सुनुवाइका क्रममा न्यायाधीश खतिवडाले निवेदक सन्दीपको क्रिकेट करियर उचाइमा पुगोस् भन्ने मेरो आफ्ना शुभकामना रहेको बताए। तर, प्रक्रियालाई छाड्न नमिल्ने उनको भनाइ छ।

    लामिछानेमाथि नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगसम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौं विचाराधीन छ।