संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन - Chaitanya News
  • 2026-05-19
  • 20:10:25
  • मंगलबार,जेठ ०५, २०८३
  • संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन

    संसदमा उठेका विषयको जवाफ दिन सरकारलाई निर्देशन

    काठमाडौँ– सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।

    शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसदहरुले शून्य र विशेष समयमा उठाएका विषयको जवाफ दिन सरकारलाई निर्देशन दिएका हुन्।

    यसअघि शून्य र विशेष समयमा गराइएको ध्यानाकर्षणप्रति सरकार जवाफदेही नबनेको भन्दै सांसदहरुले सरकारलाई जवाफदेही बनाउन रुलिङको मागसमेत गरेका थिए।