उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जसपाले बोलायो बैठक - Chaitanya News
  • 2026-07-05
  • 00:06:04
  • शनिबार,आषाढ २०, २०८३
  • उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जसपाले बोलायो बैठक

    उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जसपाले बोलायो बैठक

    काठमाडौं– उपराष्ट्रपतिको उम्मेदवार छान्नका लागि जनता समाजवादी पार्टीले बैठक बोलाएको छ।

    पार्टीको कार्यकारिणी समितिको बैठक बोलाइएको ​जसपाका सांसद प्रकाश अधिकारीले जानकारी दिए।

    उनका अनुसार अहिले ६ बजे कार्यकारिणी समितिको बैठक बोलाइएको हो।

    दलहरूबीच राष्ट्रपति कसलाई बनाउने छलफल चलिरहँदा उपराष्ट्रपति भने आफ्नो पार्टीले पाउनुपर्ने जसपाको माग छ।

    जसपाले उपराष्ट्रपति पद दाबी गरिरहेको छ।