क्रिकेटर सन्दीप लामिछानेबारे सर्वोच्चमा सुनुवाई सुरु - Chaitanya News
  • 2026-10-29
  • 06:16:02
  • बिहिबार,कार्तिक १३, २०८३
  • क्रिकेटर सन्दीप लामिछानेबारे सर्वोच्चमा सुनुवाई सुरु

    क्रिकेटर सन्दीप लामिछानेबारे सर्वोच्चमा सुनुवाई सुरु

    काठमाडौं– सर्वोच्च अदालतले  क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको  पेसीमा सुनुवाई सुरु गरेको छ। लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको सुनुवाई अहिले सुरु भएको हो।

    नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पूर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए।

    धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन्।