राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ : सांसद महत - Chaitanya News
  • 2026-05-19
  • 20:11:48
  • मंगलबार,जेठ ०५, २०८३
  • राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ : सांसद महत

    राष्ट्रपतिमा काँग्रेसलाई सहयोग गर्न प्रधानमन्त्री सकारात्मक देखिनु भएको छ : सांसद महत

    काठमाडौँ– नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री राष्ट्रपतिमा नेपाली काँग्रेसको उम्मेदवारलाई सघाउने कुरामा सकारात्मक देखिएको बताएका छन्। शुक्रवार संसद् परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्न सकारात्मक रहेको दाबी गरेका हुन्।

    सांसद महतले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरूले पनि सहयोग गरुन् भन्ने अपेक्षा राखेको पनि बताए। उनले भने, ‘छलफल राष्ट्रपतिकै विषयमा हो। हामीले राष्ट्रपतिको निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई अन्य दलहरूले सहयोग गरुन् भन्ने नै हाम्रो अपेक्षा हो। त्यसमा प्रधानमन्त्रीको पनि सकारात्मक कुरा नै थियो। अन्य दलहरूले पनि सकारात्मक कुरा नै गर्नुभएको छ। त्यसै सिलसिलामा पनि छलफल भएको छ, बेलुका पनि छलफल हुँदैछ। आज बेलुकासम्म त्यहाँबाट एउटा निष्कर्ष निस्किन्छ । भोलि त नोमिनेसन गर्नु नै छ। राष्ट्रपतिमा काँग्रेसको उम्मेदवारलाई समर्थन गर्दा सरकारको समर्थनमा कुनै समस्या आयो भने त्यसपछि यस विषयमा सोच्न सकिन्छ। माधवजी राष्ट्रपति पदको लागि अत्यन्त योग्य नेता पनि हुनुहुन्छ तर हामीले अहिले के भनेका छौँ भने नेपाली काँग्रेसबाट नै राष्ट्रपति बन्नुपर्छ भनेर भन्दै आएका छौँ। त्यसमा उहाँको सहयोगको अपेक्षा गरेका छौँ।’

    सांसद महतले संविधानको रक्षाका लागि नेपाली काँग्रेसकै राष्ट्रपति हुनु आवश्यक रहेको बताए।