विश्वविद्यालयमा पुरानो तरिका नभएर नवीनतम प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री प्रचण्ड’ - Chaitanya News
  • 2026-05-19
  • 20:13:59
  • मंगलबार,जेठ ०५, २०८३
  • विश्वविद्यालयमा पुरानो तरिका नभएर नवीनतम प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री प्रचण्ड’

    विश्वविद्यालयमा पुरानो तरिका नभएर नवीनतम प्रविधि अवलम्बन गरौँ : प्रधानमन्त्री प्रचण्ड’

    काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल संस्कृत विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरू पुरानो तरिकाले नभएर २१ औँ शताब्दीमा विकसित विज्ञान–प्रविधिको प्रयोग गरेर अधिकतम लाभ लिनुपर्ने बनाएका छन्। शुक्रबार दिउँसो नेपाल संस्कृत विश्वविद्यालय सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले विश्वमा विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्नुपर्ने बताएका हुन्।

    सभाको ७५ औँ बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘संस्कृत विश्वविद्यालयलाई अब पुरानो तरिकाले होइन, नवीन शैली र सोचका साथ अघि बढाउनुपर्छ। यतिखेर विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिहरूलाई आत्मसात् गर्दै र आफ्नो हितमा तिनको सार्थक उपयोग गर्दै संस्कृत विश्वविद्यालय अगाडि बढ्न सक्नुपर्छ।’