निर्णायक वार्ताका लागि प्रचण्ड र ओली बालुवाटारमा - Chaitanya News
  • 2026-05-09
  • 21:11:55
  • शनिबार,बैशाख २६, २०८३
  • निर्णायक वार्ताका लागि प्रचण्ड र ओली बालुवाटारमा

    निर्णायक वार्ताका लागि प्रचण्ड र ओली बालुवाटारमा

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निर्णायक भनिएको वार्ता शुरू भएको छ।

    कांग्रेससहितका दलहरूसँग पुरानै गठबन्धन ब्युँताउन सहमति जनाएका प्रचण्डकै आह्वानमा छलफलका लागि ओली बालुवाटार पुगेका हुन्।

    प्रचण्डलाई भेट्न बालुवाटार जानुअघि संसद् भवन परिसरमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले राष्ट्रपतिमा एमालेको उम्मेदवार हुने बताएका थिए।

    एमालेलाई उम्मेदवारी दिने भनी पुस १० मै सहमति भइसकेको दाबी एमाले नेताहरूले गर्दै आएका छन्।

    एमालेलाई कुनै पनि हालतमा राष्ट्रपति नदिने भनी राष्ट्रिय सहमतिको अडान लिँदै आएका प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक बनेको चर्चा छ।