देशको वर्तमान राजनीतिलाई ठिक दिशामा लानुपर्छ : अध्यक्ष नेपाल - Chaitanya News
  • 2026-05-19
  • 19:05:52
  • मंगलबार,जेठ ०५, २०८३
  • देशको वर्तमान राजनीतिलाई ठिक दिशामा लानुपर्छ : अध्यक्ष नेपाल

    देशको वर्तमान राजनीतिलाई ठिक दिशामा लानुपर्छ : अध्यक्ष नेपाल

    काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको वर्तमान राजनीति ठिक दिशामा लानुपर्ने बताएका छन।

    बिहीबार प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिहंदरबारमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गदै उनले सो कुरा बताएका हुन। सञ्चारकर्मीको राष्ट्रपतिको उम्मेदवार सम्बन्धमा सोधिएको जिज्ञासामा अध्यक्ष नेपालले भने “कुरा चलिरहेको छ। आज, भोलिसम्म छलफल चल्छ।

    यसैगरी, पुरानो गठबन्धन ब्यूँताउने भन्ने प्रश्नमा उनले देशको राजनीतिलाई ठिक दिशामा लानसक्ने विकल्पमा जानुपर्ने उनले बताए। अध्यक्ष नेपालले भने“अनेक अप्सनहरु छन्। ती मध्ये बेस्ट अप्सन् के हुन्छन्, जुन अस्पसनले देशको राजनीतिलाई ठिक दिशामा लान सक्छ र देशको संविधान जोगाउन, राष्ट्रियता जोगाउने भूमिका खेल्छ, त्यो अप्सनमा जानुपर्छ।”

    उनले अहिलेको अवस्थामा देशको संविधान र राष्ट्रियता जोगाउनतर्फ ध्यान दिनुपर्ने बताएका हुन। यसबाहेक राष्ट्रपति पद कुन व्यक्ति वा कुन पार्टीले पाउनेभन्दा पनि अहिलेको समस्या सम्बोधन गर्नुपर्ने मुख्य कुरा रहेको उनको भनाइ छ।

    उनले भने, “त्यसो हुनाले कसले पाउने, कुन व्यक्तिले पाउने वा कुन पार्टीले पाउनेभन्दा पनि कसरी देशको समस्यालाई सम्बोधन गर्ने कुरा हो।”