सप्तरीमा आगलागी हुँदा चार घर जले - Chaitanya News
  • 2026-10-29
  • 06:00:47
  • बिहिबार,कार्तिक १३, २०८३
  • सप्तरीमा आगलागी हुँदा चार घर जले

    सप्तरीमा आगलागी हुँदा चार घर जले

    राजविराज — सप्तरी जिल्लाको खडग नगरपालिका–१०, खडगपुरमा बिहीबार आगलागी हुँदा चार घर, अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको छ।

    स्थानीय पलनु यादवको घरबाट बिजुलीको तार सर्ट भई आगो लाग्दा पलनु यादवसमेत छिमेकीहरु गोहलु यादव, उमेश यादव र वीरेन्द्र यादवको एलबेस्टरले छाएको घर जलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार आगलागीबाट १७ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान छ।

    बिहीबार दिउँसो २ बजेतिर भएको आगलागी राजविराज र शम्भुनाथ नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा साढे ३ बजे निभाइएको थियो।