मा‌ओवादी र जसपा नेताहरूबीच छलफल - Chaitanya News
  • 2026-05-19
  • 19:05:52
  • मंगलबार,जेठ ०५, २०८३
  • मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

    मा‌ओवादी र जसपा नेताहरूबीच छलफल

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीका नेताहरूबीच अहिले छलफल भइरहेको छ।

    सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भइरहेको छलफलमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी छन्। जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादवसहित नेताहरू सहभागी छन्।

    यसअघि प्रधानमन्त्री प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग छलफल गरेका थिए।

    यसअघि बुधबार साँझ नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावअघिको गठबन्धन ब्युँताउने अनौपचारिक सहमति भएको थियो।उक्त सहमतिपछि आज प्रधानमन्त्री प्रचण्डले अरू दलका नेताहरूसँग छलफल गरेका हुन्।

    आजै साँझ कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त बैठक पनि बस्दैछ।