प्रधानमन्त्री प्रचण्ड भन्छन् : नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ - Chaitanya News
  • 2026-07-04
  • 22:39:57
  • शनिबार,आषाढ २०, २०८३
  • प्रधानमन्त्री प्रचण्ड भन्छन् : नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ

    प्रधानमन्त्री प्रचण्ड भन्छन् : नेपाली क्रिकेटले प्राप्त गरेको सफलताले मलाई राजनीतिमा प्रेरणा दिन्छ

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसिसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक सिरिजका विजेता खेलाडीलाई प्रतिव्यक्ति दुईलाख रूपैयाँ पुरस्कार दिने घोषणा गरेका छन्।

    बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा क्रिकेट खेलाडीहरुलाई बधाई दिँदै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको तर्फबाट प्रतिखेलाडी २ लाख पुरस्कार दिने घोषणा गरेका हुन्। चार खेलमा विजय हासिल गरेर सिरिज नै क्लिनस्वीप गर्नु देशकै लागि गौरवको विषय भएको उनको भनाइ छ।

    उनले नेपालको खेल क्षेत्र राष्ट्रिय प्रतिष्ठाको विषय भएकाले खेल क्षेत्रलाई सामान्य आँखाले हेर्नु देशकै गल्ती हुने जिकिर गरे। छोटो समयमै नेपाली क्रिकेटले हासिल गरेको सफलताले आफूलाई राजनीतिमा प्रेरणा दिँदै आएको उनले बताए।

    प्रधानमन्त्री प्रचण्डले खेल क्षेत्रका समस्या समाधान गर्न लगातार सहकार्य गरिरहेको बताए।