काठमाडौं– नेकपा (एमाले) को सचिवालय बैठक बस्ने भएको छ। एमालेका उपमहासचिव विष्णु रिमालले राष्ट्रपति निर्वाचनको उम्मेदवारी दर्ता अघि सचिवालय बैठक डाकिएको पुष्टि गरे। बैठकको एजेण्डा राष्ट्रपति निर्वाचन र पछिल्लो विकसित राजनीतिक घटनाक्रम रहेको बताइएको छ।
राष्ट्रपति निर्वाचन आगामी फागुन २५ गते हुँदैछ। निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय यही फागुन १३ गते तोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन भन्दा बाहिर गएर राष्ट्रपतिमा राष्ट्रिय सहमतिको खोजी गर्दा सत्ता गठबन्धन नै धर्मराएको छ।