स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युक्रेनको भ्रमणमा - Chaitanya News
  • 2026-07-04
  • 22:40:10
  • शनिबार,आषाढ २०, २०८३
  • स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युक्रेनको भ्रमणमा

    स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेज युक्रेनको भ्रमणमा

    काठमाडौँ– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले युक्रेनको भ्रमण गरेका छन्। युक्रेनमा जारी रुसी आक्रमणको एक वर्ष पूरा हुनु एक दिन अघि प्रधानमन्त्री सान्चेज युक्रेनी राजधानी किभ पुगेका हुन्।

    युक्रेनप्रति आफ्नो समर्थन प्रदर्शन गर्न बिहीबार उनले किभको यात्रा गरेको जनाइएको छ।

    युक्रेनमा युद्ध शुरु भएको आज एक वर्ष पूरा हुँदैछ’ सान्चेजले युक्रेनको राजधानीमा ट्रेनबाट झरेको भिडियो सहित ट्वीट गरेका छन्।

    ‘युरोपमा शान्ति नआएसम्म हामी युक्रेन र त्यहाँका जनताको साथमा उभिनेछौँ’ उनले ट्वीट गरेका छन्।