काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानै पाँचदलीय गठबन्धन ब्यूँताउने सहमति भइनसकेको बताएका छन्।
बिहीबार सिंहदरबारमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले पाँचदलीय गठबन्धन ब्यूँताउने सहमति भइनसकेको बताएका हुन्।
पुरानै पाँचदलीय गठबन्धन ब्यूँतिएको हो भन्ने सञ्चारकर्मीले राखेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिलेसम्म त्यस्तो सहमति भइसकेको छैन।’