काठमाडौँ– जसपाका अध्यक्ष उपेन्द्र यादव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा कांग्रेससँग छलफल गर्न यादव देउवा निवास धुम्बाराही पुगेका हुन्।
छलफलमा कांग्रेसबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा सहभागी छन्।