सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल - Chaitanya News
  • 2026-05-15
  • 19:15:23
  • शुक्रबार,जेठ ०१, २०८३
  • सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल

    सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्छ : मुख्यमन्त्री जम्मट्टेल

    हेटौँडा– वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारले जनउत्तरदायी र पारदर्शीतामा आधारित भएर काम गर्दै जनतालाई सूचनाको हकको पहुँच बढाउने बताएका छन्।

    राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘प्रदेशस्तरीय खुला शासन राष्ट्रिय विचार गोष्ठी’मा उनले राजनीतिक अवस्थाले शासन प्रणालीको निक्र्यौल गर्ने बताए। उनले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्ने अवस्था रहेको जनाए। सरकारले जुन समुदायका लागि काम गर्न लागेको छ उक्त समुदायको सहभागितामा काम गर्नुपर्ने उनको भनाइ छ ।

    सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सुशासन र पारदर्शीतामा काम गरिरहेको जनाउँदै जनताले सरकारको निगरानी राख्न पनि सूचनाको हक आवश्यक रहेको बताए। व्यवस्था नै परिवर्तन भइसक्दा पनि प्रदेशमा सूचनाका लागि पुरानो प्रणाली प्रयोग गर्नु परेको उल्लेख गर्दै आयुक्त मैनालीले अब भने नयाँ कानुन निर्माण गर्न सरकारसमक्ष मागसमेत गरे।