बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशभइसक्यो : सांसद्‍ राणा - Chaitanya News
  • 2026-05-15
  • 19:14:36
  • शुक्रबार,जेठ ०१, २०८३
  • बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशभइसक्यो : सांसद्‍ राणा

    बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशभइसक्यो : सांसद्‍ राणा

    काठमाडौं– राप्रपाका सांसद् धवल शमशेर राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशत भइसकेको बताएका छन्। आज प्रतिनिधिसभामा बोल्दै सांसद् राणाले बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडेपनि ब्याज भने १८ प्रतिशत भइसकेको बताएका हुन्।

    उनले भने, ‘हामी सबैले कराई भनिरहेका छौँ तर पनि वित्तीय सुधार आएको छैन। बैङ्कहरूले कालोसूची सार्वजनिक गर्न छोडे, तर बैङ्कको ब्याज १८ प्रतिशत भइसक्यो। अब नेपालमा कति जना व्यापारी, कति जना उद्योगपति र सर्वसाधारणले आत्मदाह र आत्महत्या गर्नुपर्ने हो।’