काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ विभिन्न माग राखेर मधेशसहितका स्थानमा भएका आन्दोलनबारे छानबिन गर्न गठित लाल आयोगको प्रतिवेदनबारे जवाफ मागिएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नागरिक उन्मुक्ति पार्टी गंगाराम थारूले लाल आयोगको प्रतिवेदनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको धारणा माग गरेका हुन्।
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पटक पटक आग्रह गरिएको भन्दै उनले तर, प्रधानमन्त्रीबाट धारणा नआएकाले अब तुरुन्त प्रधानमन्त्रीले धारणा राख्नुपर्ने माग गरेका हुन्। प्रधानमन्त्रीको धारणा नआएको सदनमा अवरोधको सुरुवात गर्ने उनले चेतावनी दिए।