काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतारको राजधानी दोहा जाने तयारीमा छन् ।
फागुन २१ गतेदेखि सुरु हुने अल्पविकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते दोहा जाने तयारीमा रहेको उनको सचिवालयले जानकारी दिएको छ ।
अल्पविकसित राष्ट्रहरुको सम्मेलन दोहामा फागुन २१ देखि २५ गतेसम्म आयोजना हुँदैछ । सम्मेलनमा अल्पविकसित राष्ट्रहरुका सरकार एवं राष्ट्र प्रमुखहरु सहभागी हुनेछन् ।
गत पुस १० गते प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हुनेछ ।