सांसद भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै - Chaitanya News
  • 2026-05-09
  • 18:50:18
  • शनिबार,बैशाख २६, २०८३
  • सांसद भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै

    सांसद भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै

    मुम्बई– आगलागीमा घाइते भई उपचाररत नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमशः सुधार हुँदै गएको छ । नेशनल बर्न सेन्टर, नबी मुम्बईमा भण्डारीको उपचारमा संलग्न डा. अमोल मात्रेका अनुसार एण्टिबायोटिक थप पश्चात इन्फेक्सनको मात्रा कम हुँदै गएको छ ।

    उनका अनुसार ५ लिटर अक्सिजनमा मात्र राखिने भनिएता पनि हाल प्रेसर मास्कमा ८ लिटरमै राखिएको छ भने प्यारामिटरहरू नर्मल रहेको छ ।

    पछिल्लो समयमा भण्डारी बोल्न पनि थालेका छन । ‘डाक्टरसंग परामर्श लिई रहँदा मेरो आवाज सुनेर योगराज यता आउ भनी बोलाउनु भयो, यहाँ म सँग आएर बस मेरो मास्क हटाउन लगाउ, हात खुट्टाको पट्टी हटाउन लगाउ भन्नु भयो,’ मुम्बईमा रहेका योगराज कँडेलले भने ।

    गत बिहीबार शंखमुलस्थितमा निवासमा ग्यास लिक हुँदा आगलागीमा परेर गम्भिर घाइते भएका भण्डारीलाई उपचारका लागि एअर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो । सो घटनामा परेर गम्भिर घाइते भएकी उनकी आमाको भने निधन भएको थियो ।