यी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना - Chaitanya News
  • 2026-05-09
  • 18:52:27
  • शनिबार,बैशाख २६, २०८३
  • यी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना

    यी प्रदेशमा हल्का बर्षा र हिमपातको सम्भावना

    काठमाडौं – नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    जसका कारण आज (बुधबार) वर्षा र हिमपातको सम्भावना रहेको छ । केही भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको हो ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज (बुधबार) बिहान प्रदेश– १ र वागमती प्रदेशका पहाडी भू–भाग, कर्णाली तथा सूदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

    आज दिउँसो प्रदेश १, वागमती प्रदेश, र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका बाँकी भू–भागमा आंशिक बदली रहने छ ।

    प्रदेश–१ को पहाडी भू–भागका एक–दुई स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । प्रदेश–१ र वागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।