गण्डक नहरमा एक महिलाले फालिन् दुई छोरा लिएर हाम - Chaitanya News
  • 2026-05-09
  • 18:48:47
  • शनिबार,बैशाख २६, २०८३
  • गण्डक नहरमा एक महिलाले फालिन् दुई छोरा लिएर हाम

    गण्डक नहरमा एक महिलाले फालिन् दुई छोरा लिएर हाम

    परासी– नवलपरासीको गण्डक नहरमा महिला दुई छोरासहित हाम फालेकी छन्। मंगलबार दिउँको २ बजे उनले दुई छोरा लिएर हाम फालेकी हुन्।

    उनीहरूको अवस्था अज्ञात छ। नवलपरासीको सुस्ता गाउँपालिका(२ हरकपुरास्थित गण्डक नहरमा कोही वडाको महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय छोरा क्रिश र ७ वर्षीय सुमितलाई लिएर हाम फालेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले बताए।

    मानसिक सन्तुलन बिग्रेको उनले दुवै छोरालाई दुई तिर काखमा लिएर हाम फालेको प्रत्यक्षदर्शीलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ।

    उनका श्रीमान् वैदेशिक रोजगारमा गएका छन्। उनले के कति कारणले हाम फालिन भन्ने बारे अनुसन्धान भइरहेको र नहरमा बेपत्ता तीनै जनाको खोजी कार्य भइरहेको डीएसपी पाण्डेले बताए।