काठमाडौँ–१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका ९ घर भई काठमाडौं नागार्जुन नगरपालिका ४ सितापाईला बस्ने ३४ वर्षीय सुरज अधिकारी रहेको प्रहरीले जनाएको छ।
अधिकारीले ती किशोरीलाई काठमाडौं महानगरपालिका १५ कारखाना चोकस्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको हो।