काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि उड्न लागेको सौर्य एयरलाइन्सको विमान फिर्ता आएको छ।
एसएयू ७२१ नम्बरको सौयको विमान यात्रुहरूको बोर्डिङ पुरा गरेर विराटनगर उड्न विमानस्थलको धावनमार्ग नजिकै पुगेर अचानक फर्किएको हो।
अचानक इण्डिकेटरमा समस्या देखिएपछि विमानलाई उड्नबाट रोकिएको थियो। विमान पार्किङ–वेमै राखिएको छ। त्यसपछि सौर्यको विमानलाई पार्किङ–वेमा फर्काइएको थियो। हालसम्म विमानमा देखिएको खास समस्याबारे पुरै खुलिसकेको छैन।