कप्तान रोहितले गरे अर्धशतक पूरा, ८ विकेट गुम्यो नेपालको - Chaitanya News
  • 2026-05-09
  • 18:49:16
  • शनिबार,बैशाख २६, २०८३
  • कप्तान रोहितले गरे अर्धशतक पूरा, ८ विकेट गुम्यो नेपालको

    कप्तान रोहितले गरे अर्धशतक पूरा, ८ विकेट गुम्यो नेपालको

    काठमाडौं– कप्तान रोहित पौडेलले आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक ओडीआईको अन्तिम खेलमा अर्धशतक पूरा गरेका छन्।

    स्कटल्यान्डले दिएको २१३ रनको मध्यम लक्ष्य पछ्याउने क्रममा रोहितले रोहितले ५४ बलमा ४ चौका र २ छक्कासहित ५० रन बनाएका हुन्।

    यो अर्धशतक रोहितको ओडीआई करिअरको सातौं हो। त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा नेपाल स्कटल्याण्डविरुद्ध ब्याटिङमा छ। यो समाचार तयार पार्दासम्म नेपाल ३१ ओभर पूरा गर्दा ८ विकेट गुमाइसकेको छ। नेपालले १३९ रन बनाएको छ।