काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलकको सातै वटा प्रदेशहरू स्वास्थ्य सुविधा सम्पन्न बनाउनुपर्ने आजको आवश्यकता रहेको बताएकी छन्।
हेटौँडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटनमा राष्ट्रपति भण्डारीले बढ्दो जनसंख्या र स्वास्थ्य सेवाको मागलाई ध्यानमा राखेर सबै प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउनुपर्ने बताएकी हुन्।
यस्तै उनले बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडमा आसपासका जिल्लाबाट आउने बिरामी र विद्यार्थीलाई समेत मध्यनजर गर्दै स्वास्थ्य सुविधाको अलावा स्वास्थ्य शिक्षाको थालनी हुनुपर्ने बताइन्।
राष्ट्रपति भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत हेटौंडा अस्पतालको नवनिर्मित ३ तले भवनको उद्घाटन गरेकी छन्।
उक्त भवन संघीय सरकारको ४३ करोड लागतमा बनेको हो।