बागलुङ– राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङ कालिका भगवती मन्दिर दर्शनका जाँदै छन । भण्डारी राष्ट्रपतिको दोश्रो कार्यकाल सकिनै लाग्दा पहिलो पटक बागलुङ कालिका भगवती मन्दिरको दर्शनका लागि आउन लागिएको जनाइएको छ।
राष्ट्रपति भण्डारी कालिका भगवती मन्दिर दर्शनका लागि फाल्गुन १० गते आउने कार्यक्रम तय भएको बागलुङ कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले मंगलबार पत्रकार भेटघाटको आयोजना गरि जानकारी गराएको हो।
राष्ट्रपति भण्डारी बुधबार विहान १० बजे मन्दिर दर्शनका लागि आउने कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्काले जानकारी दिए। गुठी व्यवस्थापन समिति राष्ट्रपति भण्डारीको स्वागतको तयारीमा जुटेको छ।
राष्ट्रपतीद्वारा कालिका मन्दिर दर्शन पश्चात कालिका मन्दिरको महिमा र महत्व झनै चुलिएर जाने भएकोले कालिका गुठी व्यवस्थापन समिति राष्ट्रपतिको कालिका मन्दिर दर्शनलाई व्यवस्थित बनाउने तयारीमा जुटेको छ।
देशमा नयाँ राष्ट्रपति चयनको सर्गर्मी चलिरहेको बेला राष्ट्रपति भने आफ्नो दोस्रो कार्यकाल सकिँदैलाग्दा शक्ति पिठको उद्घाटनको दौडधुपमा लागेका छन्।